Skip to main content


कस्तो अनौठो जीवन यात्र!! लाखौंको
भिडमा एक्लो यात्री म!! तर गुनासो केही
छैन,लाखौंलाई जितने तिम्रा यादहरु,हरेक
प्रहारमा नयाँ सामिप्यता जोडिदिन्छन, प्रेरणा बनेर।

म रोप्दै थिय मायको फुल
तिमी सुभास छर्न अायैा।
म बुन्दै थिय प्रेमको संसार
तिमी रंग छर्न अायैा।
म भुल्दै हुने छु दिलको पिडा
तिमी मलाम थप्न अाउनु।
तिम्रै प्रतिक्क्षामा रहने छु
तिमी प्राण थप्न अाउनु।

कल्पना जतिसुकै मिठा भए पनि यथार्थ निकै बलियो हुन्छ ,जुन जतिसुकै तितो किन नहोस् ।

केही प्रेम जतिसुकै गाढा किन नहोस् तर
भोलिको हेल्लो हाई मै सिमित हुदोरहेछ ।
त्यसैले प्रेमको र भाग्यको एउटा घनिष्ठ
सम्बन्ध छ जो हामी आफ्नो बस्मा राख्न
सक्दैनौं ।

बाध्यता भित्र लुकेके मन भित्र रहेको प्रेम को कुरा।
I gave you life, but cannot live it for you.
I can give you love, but I cannot force it upon you. 
I can love you as a child, but I cannot place you in
God’s family.
I can teach you how to live, but I cannot give you
eternal life


मेरा प्रयासहरु सधै विफल भए,
पहिलो तिमीलाई पाउन भनि र आज तिमीलाई भुल्न पनि।
हरेक प्रयासमा म तिमी भन्दा माथि उठिन त्यसैले होला तिमी मेरो प्रेम सधै कुल्चि रहेउ।


बजारमा उसको भाउ बढे छ,
पट्याउने सबैको दाउ चढे छ।
के थाहा दुनियाँलाई ऊ हुन नसकेकि मेरी हो
तर आजकाल उसको र मेरो सम्बन्ध फेरियो ।


तिमी र म मा यति फरक छ,हजारौंको भिडमा एक्लो म तर हजारौंकि एक्लि तिमी....!!

एउटै दिसातर्फ गैरहेका आफ्नै दुई पाइला त
अघि पछि गरेर हिंड्छन् भने मेरा पाइला सगै
नचालिएका तिम्रा पाइलाहरुसग खै के
गुनासो गरौ ......???


कसैलाई आफ्नो मनभित्र राख्दैमा ऊ पनि फुत्त आइ मायाको घर बसाउन पाए संसारको कुन प्रेमि दुखि हुन्थ्यो होला र?
त्यसैले त म हरेक प्रहारमा दुखि छु।


तिम्रो हरेक सम्झनामा यसरी नै झरी परिदिए सायद यो दुनियाँ मेरा आसुको नतिजामा अलिकति भए पनि अङ्क कम दिने थियो कि?

उसलाई देख्दा केही हराएकै चिज वर्षौ पछि भेट जस्तो लाग्थ्यो,उसका कुरा सुन्दा केही नयाँ चिज पाए जस्तो लाग्थ्यो।तर विडम्बना जहाँ पानी कम रहेछ त्यही डुबान पुगेछु।

खुला आँखाले नदेखिने कुराहरू पनि बन्द आँखाले प्रस्टै देख्न पाउदा कहिलेकाही म आँखा बन्द गरेर मुस्कुराउछु।त्यसैले होला यथार्थको संसार भन्दा कल्पनाको संसार मीठो।।

जब रात पर्दै जान्छ, तब याद बढ्दै जान्छ।
तर कति छिटो बिहानि हुन्छ है, यादहरु पूरा हुन नपाई रातलाई लुटिदिन्छ चटक्कै।निष्ठुरी!:!


निद्रा लाग्ने कुनै सङ्केत देखिन,अलिक छिन
सोचे अनि सम्झिने कुनै पात्र भेटिन,
लग्यो एकान्त यो रात संग मनले गुनासा
साटने समय पाएछ ।।


अब म छाडिदिए मुटु नहुनेलाई मुटु भरिको
माया दिन... फल नदिने वृक्षलाई कति
एकोहोरो पानी राखिरहनु!!


आचानक ठोकिने हाम्रो नजर दिल भित्र
लाएकोले होला नजर नै दोषीभो हाम्रो
प्रेममा।



Comments

Popular posts from this blog

प्रस्न उत्तरको क्रम चलिरहेको थियोे, त्यतिकै मा उनले भनिन् ,"तपाईं संग के बोल्नु!तपाईं मेरो कुरानै बुझ्नु हुन्न।" मलाई भन्नू मन थियो "कुरा म होइन तिमी बुझदैनउ।बुझेको भए किन यसरी भाइवा लिए जस्तै प्रस्न सोधि रहन्थेर"तर भनिन्। मनले प्रपोज गर्दे भन्दै थियो। अनि भनिदिए "विल्ल यु बि माइ कुईन!!!" वदलामा जवाफ यस्तो थियो,"गुड नाईट!" के भन्नु? के गर्नु?मेसो पाइन। पल्टिएको सिरानी पनि विजाउने खुकुरी भए जस्तो भो।निदाउन सकिन,बिहान भैसकेको रहेछ,अामा चिच्याउनु हुदै थियो, यतिबेला सम्म सुत्छ!अल्छि उठ चिया पाको। निदाएको जस्तो गरि "उममम! ल ल उठे।" तिमीलाई दिउ भनेर ठिपे रातो गुलाफ तर छरपस्ट भयो भइ भरि।।।न त तिमी अाफ्नि रहेउ न ती राता गुलाफ। जवाफ के आउला भनी प्रतीक्षामा थिए म।बिहानि भैसकेको थियो।अनिदो म, उठेर चिया पिए।शरिर भारी भए जस्तो , टाउकोमा कसैले लात हाने जस्तो महसुस भएको थियो।रक्सीको ह्यान्ड ओभर जस्तै। अनि मर्निङ वाक मा निस्के।रात भरको कुरा मनमा खेलाउदै,के आउला जवाफ? कैले आउला जवाफ भन्दै, मनमा अनेक प्रस्न उनदै एकोहोरो हिडिरहे।सोचे एक कल फोन गरुँ...